बाढी पीडित गर्भवती महिलाको सफल उद्धार, बीरगंज हेल्थ केयरमा निःशुल्क उपचार

बाढी पीडित गर्भवती महिलाको सफल उद्धार, बीरगंज हेल्थ केयरमा निःशुल्क उपचार

हालैको अबिरल वर्षासँगै आएको बाढीले प्रभावित क्षेत्रमा फसेकी एक गर्भवती महिलाको सफल उद्धार गरी अस्पतालमा निःशुल्क उपचार प्रदान गरिएको छ।

पर्सा जिल्लाको विरगंज महानगरपालिका–११, श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसिरहेकी गर्भवती रिचा चौधरीलाई सेनाको टोलीले सुरक्षित उद्धार गरी बीरगंज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको हो।

उनी सखुवाप्रसौनी गाउँपालिका–३ स्थायी वासिन्दा मनोहर चौधरीकी श्रीमती हुन्। बाढीको कारण घरमै अड्किएकी ३१ वर्षीया रिचा चौधरीलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो।

बीरगंज हेल्थ केयर अस्पतालका संचालक डा. अबुल हैस अंसारीका अनुसार रिचा चौधरीलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत निःशुल्क उपचार सेवा दिइँदैछ। “प्राकृतिक विपद्‌मा परेका नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउनु हाम्रो दायित्व हो,” उनले बताए।

समयमै गरिएको उद्धार र प्रभावकारी स्वास्थ्य सेवाको कारण अहिले गर्भवती महिलाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close