कोभिड -१९ भ्याक्सिन नेपाल मै तयार , WHO ले चासो राख्यो।

कोभिड -१९ भ्याक्सिन नेपाल मै तयार , WHO ले चासो राख्यो।

बिरगंज , जेष्ठ २३ गते शुक्रबार

कोभिड-१९ भ्याक्सिन नेपाल मै तयार भएको छ ।हेटौंडा फरेस्टी कलेजका प्राध्यापक डा. ललित कुमार दासले बनाएको हो ।उनि बारा जिल्ला निवासी हुन।उनले बनाएको भ्याक्सिन WHO मा पठाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण गरिएकाे भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फ्रेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको प्रा.डा. दासले जानकारी दिए ।

यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोपसम्बन्धी विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा. दामोदर गैरेको सहयोगमा  डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फ्रेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ  ।

करिब दुई घन्टा लामो छलफलका क्रममा औषधि बनाउने विधिका विषयमा प्रश्न सोधिनुका साथै विभिन्न सहयोगका सम्बन्धमा  समेत छलफल भएको प्रा. गैरेले जानकारी दिए । ‘सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्यांकनका लागि पहल गरिनेबारे कुराकानी भयो,’  प्रा. गैरेले भने ।

उक्त खोपको  परियोजना स्वीकृत भएमा  पाँच लाख अमेरिकी डलर ट्रायल फन्ड प्राप्त हुने बताइएको  छ  । प्रा.डा. दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको  जिकिर गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close