
रंगप्रसाद तिमिल्सैना
जेठ २५
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना र युनिसेफको आर्थिक सहयोगमा कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम संचालन गर्ने भएको छ ।
कैलाली जिल्लाका ३ वटा स्थानीय तहमा लागू हुनेगरी रेडक्रस कैलालीले उक्त कार्यक्रम संचालन गर्न लागेको हो ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र भजनी नगरपालिकामा कोरोना महामारीबाट प्रभावित व्यक्ति तथा समुदायलाई मानवीय सेवा पुर्याउने उदेश्यले कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम संचालन गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशीले जानकारी दिनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटीले आज उक्त कार्यक्रम संचालनका लागि लम्कीचुहा नगरपालिकासंग सहमति गरेको छ ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेको अवस्थामा लम्कीचुहा नगरपालिका क्षेत्रभित्रका प्रभावित व्यक्तिहरुलाई मानवीय सेवा पुर्याउन नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालन गर्न लागिएको कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम संचालनका लागि लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईको कार्यकक्ष आयोजित भेटघाट कार्यक्रममा उक्त कार्यक्रम संचालनका लागि नगरपालिका संग आज सहमति भएको कार्यक्रम अधिकृत खेमप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशी, कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय , बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, प्रतापपुर उपशाखा सभापति खडक चौधरी, बलिया उपशाखा सचिव बिनोद आचार्य , प्रतापपुर उपशाखाका पुर्व सचिव ठण्डराज जोशी, नेपाल रेडक्रस सोसाइटी कैलालीद्वारा संचालित कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम कैलाली जिल्ला परियोजना कार्यक्रमका सम्पर्क व्यक्ति बिकाश नेपाली लगायतकाको उपस्थिती रहेको थियो ।



