विजयनगरमा ५ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि ५४ जनाको पिसिआर स्वाब संकलन गरियो

राम प्रघट कोरी
जेष्ठ ३२ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार ५४ जनाको पिसिआर स्वाब संकलन गरिएको छ । हिजो गाउँपालिकाको विभिन्न वडाका ५ जना व्यक्तिहरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको कन्ट्रयक्ट ट्रेसिङ आएका र थप अन्य गरी ५४ जनाकोे पिसिआर स्वाब संकलन गरिएको हो ।

उनीहरुको स्वाब परिक्षणका लागि कोरोना परिक्षण अस्पताल दाङमा पठाईएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारी जानकारी दिनुभएको छ ।

हालसम्म विजयनगर गाउँपालिकामा २७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ भने १३ जना निको भएका छन् । अहिले १४ जनाको विजयनगरमा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार भईरहेको छ । उनीहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close