
राजन कुमार बानिया
पोखरिया ८ भदौ पर्साको ठोरी गाउँपालिका वडा नं २ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयममा आज न्या आठकोठे भवनको शिलान्यास कार्यक्रम समपन भएको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत २ तल्ले भवनको शिलान्यास एक कार्यक्रम का बिच ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले पिएलले बिधुवत रुपमा पुजापाठ गरि शिलान्यास गर्नु भएको थियोे ।
शिलान्यास कार्यक्रम मा गाउँपालिका अधयक्ष श्रेष्ठले भने बिश्वब्यापी रुपमा फैलीरहेको कोभिड –१९ कोरोना भाईरस का कारण शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै विद्यार्थीहरुको पठनपाठनमा नोक्सानी पुर्याएको भन्दै चिन्ता व्यक्त गरे। कोरोना भाइरसका कारणले शिक्षा क्षेत्रमा धेरै नै क्षति पुर्लेयाएको ले विद्यालय संचालन हुने बित्तिकै ठोरी गाउँपालिका भित्र टोलटोलमा विद्यार्थीहरुको समूह निर्माण गरी ५० भन्दा बढी ठाउँमा स्वयंसेवक शिक्षक परिचालन गरी शिक्षा क्षेत्रलाई व्यवस्थित गरिने अध्यक्ष श्रेष्ठले बताए।
आफ्नो पहिलो प्राथमिकता नै शिक्षा क्षेत्र रहेकोे बताउँदै अध्यक्ष श्रेष्ठले ठोरी गाउँपालिका भित्र रहेका ६ ओटा आधारभूत विद्यालयहरुलाई २ जनाको दरले शिक्षक नियुक्ति गरिने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए।नमुना बिधालय बनाउन
१ करोड ४४ लाख बजेट रहेको आठकोठे भवनको निर्माण कार्य वनशक्ती निर्माण सेवा प्राली ले लिएको हो। २०७८ असार मसान्तसम्म भवन निर्माण कार्य सम्पन्न हुने ठेकेदार कम्पनीका प्रतिनिधि जीवन कृष्ण सापकोटाले बताएका छ्न्।
शिलान्यास कार्यालयमा वडा नं २ का कार्यवाहक अध्यक्ष श्यामहरी शर्मा , सदस्य अमृत कृष्ण सापकोटा ,शिक्षा संयोजक भुपाल कुमार जोशी ,विव्यसका पदाधिकारीहरु, नेपाल शिक्षक महासंघ पर्साका सह सचिव पिताचन्द्र ढुंगेल, नेपाल शिक्षक महासंघ ठोरीका उपाध्यक्ष गोपिलाल श्रेष्ठ , नेपाली काँग्रेसका रामकृष्ण पन्त , स्थानिय युवा निमा लामा, नातीकाजी सुनार,लगायतका सहभागिता रहेको थियो।




