त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको परिक्षालाई मर्यादित बनाउन पठनपाठन एवम् शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिए

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको परिक्षालाई मर्यादित बनाउन पठनपाठन एवम् शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् । बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरु, त्रिविका केन्द्रिय परिक्षा सञ्चालन समितिका सदस्यहरु तथा ठाकुराराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखसहितका कर्मचारीहरु बिच भएको छलफलमा बीरगन्जका विद्यार्थी नेताहरुले क्याम्पसमा शिक्षाको स्तर उकास्नुपर्नेमा जोड दिएका हुन् ।

ठाकुरराम बहुमुखी क्याम्पसको सभाहलमा आयोजित छलफलमा विद्यार्थी नेताहरुले त्रिविका प्राध्यापक एवम् शिक्षकहरु निजि क्याम्पसका ठेकेदार भएको एवम् ठाराब क्याम्पसको पठनपाठनमा ध्यान नदिएको आरोप लगाए । छलफलमा बोल्दै नेविसंघ ठाराब एकाई समिति अध्यक्ष मनोज साहले त्रिविको गैर जिम्मेवार पुर्ण गतिविधि, कर्मचारीहरुको अभाव एवम् भएकै कर्मचारीहरुको लापरवाहीका कारण ठाकुर राम बहुमुखि क्याम्पसको शैक्षिक स्तर दिन प्रतिदिन ओरालो लागिरहेको नेताहरुले बताएका हुन् ।

उनले परिक्षाको समयमा मात्र त्रिविले सुपरिवेक्षक पठाउने गरेको तथा अन्य समयमा क्याम्पसको पठनपाठनलाई कुनै चासो नदिएको भन्दै विद्यार्थी नेताहरुले त्रिविको प्रवृत्तिको विरोध गरेका थिए । त्रिविको उदासिनता तथा गैरजिम्मेवारपनका कारण पनि यहाँको शैक्षिक अवस्थामा कुनै सुधार नभएको नेता साहको टिप्पणी छ ।

कोरोनाको कारण पढाई नै नभएको अवस्थामा विद्यार्थीहरुको मुल्याङ्कन फरक तरिकाले गर्नुपर्नेमा, त्रिविले त्यति पनि गर्न नसकेको अध्यक्ष साहले बताए । छलफलमा विद्यार्थी नेताहरुलेविद्यार्थीलाई एक्सपेल्ड गरेर समस्या समाधान नहुने भएको कारण मुख्य जरा नै समात्नु पर्नेमा जोड दिएका थिए । छलफलमा पढाई राम्रो भए परिक्षा आफै मर्यादित हुनेमा विद्यार्थी नेताहरुले एकमत जाहेर गरेका थिए ।

छलफलमा ठाराब क्याम्पस बीरगन्जका सहायक क्याम्पस प्रमुख सुरेश कुशवाहा, सहायक क्याम्पस प्रमुख दिनेश कुशवाहा, बिबिएका निर्देश संजय श्रेष्ठ, उपप्रध्यापक उमा मिश्रा, केन्द्रिय परिक्षा सञ्चालन समितिका सदस्यहरु सोभाकर कँडेल, बैकुठ खनाल, डम्बर हमाल, नेविसंघ ठाराब क्याम्पसका एमाई समिति अध्यक्ष मनोज साह, नेविसंघका बिधार्थी नेता शेख हजारा, शंकर गुप्ता, बिटु पटेल, अभिनास गुप्ता, राहुल गुप्ता, अनेरास्ववियुक ठाराब एकाई अध्यक्ष संदिप साह, विद्यार्थी नेता अजित साह, राष्ट्रिय विद्यार्थी मञ्चका हरिन्द्र साहलगायतकाको सहभागीता रहेको थियो ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close