छात्रा दुव्र्यवहारको आरोपमा प्रअ चौरसियामाथि कारबाई

पठनपाठनको सिलसिलामा कक्षाकोठामा छात्राहरूसँग दुव्र्यवहार गरेको आरोपमा नेपाल रेलवे मावि, गोश्वारा रोडका प्रधानाध्यापक दिनेश चौरसियामाथि कारबाई भएको छ।

प्रअ चौरसियाले विद्यालयका छात्राहरूसँग अश्लील व्यवहार गरेको गुनासो आएपछि उनीमाथि कारबाई भएको हो। भर्खरै एक कार्यक्रममा नगरप्रमुख सो विद्यालयमा प्रमुख अतिथि भएर गएका बेला छात्रा एवं अभिभावकले दुव्र्यवहारको बारेमा जानकारी गराएका थिए। सोसम्बन्धी जानकारी पाएलगत्तै नगरप्रमुख विजयकुमार सरावगीले प्रअ चौरसियालाई वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा तानेका थिए।

उनलाई अहिले त्यहाँ सम्पर्क व्यक्तिको रूपमा राखिएको छ। प्रअको जिम्मेवारीबाट उनलाई वञ्चित गरिएको छ।
शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले उजूरीपछि निजमाथि कारबाई भएको पुष्टि गरे। उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र कसूर पुष्टि भएमा सोहीअनुरूप कारबाई हुने बताए।

आरोप सम्बन्धमा प्रअ चौरसियाले आफूमाथि कारबाई भएको अस्वीकार गरे। उनले विद्यालयबाट आफूलाई काजमा महानगरको शैक्षिक महाशाखामा तानिएको बताए। उनले छात्राहरूलाई दुव्र्यवहार नगरेको दाबी पनि गरे।eprateek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close