
अजित भुजेल
बिरगंज , बैशाख ०७ गते मंगलबार ।
कोभिड -१९ कोरोना भाईरस विरुद्धको खोप अभियान अन्तर्गत पहिलो चरणको खोप पर्सामा पहिलो पटक २०७७ साल फागुन ०२ गते सन्चारकर्मी सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फन्टलाईनमा काम गर्ने अन्य १९ महिला सहित १३० जनाले नारायणी अस्पतालमा कोभिड -१९ विरुद्धको खोप लगाएको थियो ।
त्यसैगरी दोस्रो चरण अन्तर्गत आज नारायणी अस्पतालमा ३४० जनाले कोभिड -१९ कोरोना भाईरस विरुद्धको खोप लगाएका थिए ।फागुन ११ गते सम्ममा पहिलो चरण खोप लगाएकाहरुलाई मात्र आज खोप दिएको थियो ।त्यसपछीका लाई केही दिन मै लगाउने तयारी भैई रहेको जनस्वास्थ्य कार्यालयले बताए।आज दोस्रो चरणको खोप स्वास्थ्यकर्मी , सन्चारकर्मी , सफाईकर्मी , रेडक्रस , रक्त सन्चार केन्द्र , राजनैतिककर्मी , समाजसेबीहरुले लगाएका थिए ।
खोप लगाउनु हुनेमा डा. श्याम सुन्दर दास, डा. सागरमान अमात्य , डा. पिङ्ग्ला अमात्य , डा. निरज सिंह , डा. शैलेश ठाकुर , डा. अतुलेश चौरसिया, डा. बिरसिंह थापा, डा. चन्दन बनर्जी , डा. बिजय राज खनाल , डा. अरुण कुमार झा, डा. अरुण कुमार कर्ण, डा. हरिश कुमार साह , बिरेन्द्र कुमार झा, डा. सन्दिप गुप्ता , डा. एराज खान , मुकेश कुमार चौरसिया , डा.राकेश कुमार साह, डा. भोला बछार , डा. राजदेव कुस्वाह , डा. प्रमिला गुप्ता , डा अजय कुमार यादव , त्यसैगरी सन्चारकर्मी नेपाल पत्रकार महासघ प्रदेश न.२ का महासचिव श्याम बन्जरा , प्रदेश पार्षद शिवशन्कर साह , शेषमन पडित , धिरज दारुका , संतोषमान रन्जितकार , अजित कुमार भुजेल र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल , रबिन्द्र साह , रक्तसन्चार केन्द्रका प्रमुख सौरब राज पाण्डे , डिल्लीमाया घिमिरे , रेड्क्रस सोसाइटीका उदय राज उपाध्याय , सुदर्शन श्रेष्ठ , अनिल कुमार प्रधान लगायतकाले खोप लगाएका थिए ।भोलि पनि नारायणी अस्पतालमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म दोस्रो दिन पनि बाकीलाई दोस्रो खोप दिने अस्पताल प्रशासनले जानकारी दिनु भयो।




