सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा तपाईको माक्स खोई कार्यक्रम अन्तर्गत निसुल्क माक्स तथा सेनिटाईजर बितरण ।

अजित भुजेल

बिरगंज , साउन २७ गते बुधबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा आज तपाईको माक्स खोइ कार्यक्रम अन्तर्गत निशुल्क माक्स तथा सेनिटाईजर बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड -१९ कोरोना भाईरसको तेस्रो लहर सुरु भए सङ्गै यसबाट आफू बच्न र अरुलाई पनि बचाउनको लागि आवस्यक स्वास्थ्य मापदण्डको पालना गरि सबैले अनिवार्य माक्स प्रयोग गरून् भन्ने उदेश्यका साथ बाटोमा हिडेका बटुवाहरुलाई समेत मध्य नजर गर्दै समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले रेलवे बाइपास समुदायिकको कार्यालय नजिक सडक खण्डमा सडकमा हिड्ने बटुवाहरुलाई निशुल्क ७०० पिस माक्स बितरण गर्नुको साथै हेन्ड सेनिटाईजर समेत बितरण गरिएको सामुदायिक सेवाका अध्यक्ष रमेश चौधरीले जानकारी गराउनु भयो ।

आजको माक्स बितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सह आयोजक रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्सा रहेका थिए ।

कार्यक्रममा कन्चनजङ्गा बोर्डिङ स्कुलका प्रबन्धक निर्देशक मार्टीन मोक्तान , मुन लाइट बोर्डिङ्ग स्कुल तथा समुदाय सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार श्याम केशी, नेपाली काङ्ग्रेसका नेता हुकुम सिंह , सामुदायिक सेवा केन्द्रका पदाधिकारी उपाध्यक्ष सन्ध्या भट्ट , सन्जु दहाल , सचिब श्रवण कुमार रायमाझी ,युवा समाजका अमित कुमार , सामुदायिक सेवा केन्द्रका महिला प्रहरी हवल्दार सुनिता बिक ,प्रहरी जवान कुमार बिक लगायत सन्चारकर्मीको समेत सहभागिता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close