“राष्ट्रिय सेवा दलद्वारा आपतकालीन रक्तदान कार्यक्रम सम्पन्न

“राष्ट्रिय सेवा दलद्वारा आपतकालीन रक्तदान कार्यक्रम सम्पन्

नेपाल सरकारले जारी गरेको लकडाउनको कारण आम सर्वसाधारणको जीवन ग्रसित त बनेको नै छ। थप संकटमा परेका छन, रगतको कमिले अस्पताल र ब्लड बैंकहरु। सोही कुरालाई मध्यनजर गरि, श्री राष्ट्रिय सेवा दल अलुम्नाइ अशोसियशन काठमाडौ जिल्ला कार्यसमितिद्वारा हिजो आइतबार दुर्गाबक्स गण, चण्डीदल गण र काठमाडौ महानगरपालिका वडा नं १को सहयोगमा, नेपाल रेड्क्रससंग समन्वय गरि नक्सालमा अवस्थित नन्दीकेशर बगैंचामा आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ।

यश कार्यक्रममा का.म.नाको जनप्रतिनिधि ज्युहरु, उच्च अहोदाको आर्मीहरु, एन.सि.सि अलुम्नाइ अशोसियशनको प्रमुख सल्लाहकार निगम हुमागाइ ज्यु, एन.सि.सि अलुम्नाइका सर-म्यामहरु र एन.सि.सि क्याडेट छात्रछात्राहरुको उपस्थित थियो।

हामीसंगको कुराकानीमा निर्देशक ज्योति थापा ज्युले, ” रक्तदान कार्यक्रम हामीले लकडाउन पछिपनि गर्न सक्थ्यौँ। तर अहिले जस्तो रगतको अभाव, पछि हुँदैन। ब्लड क्यान्सर, गर्भवती महिलाहरुलाई रगतको कमि भएको खबर प्राप्त भएपछि हामीले ५ दिन अघि मात्रै रक्तदान कार्यक्रम गर्ने भनेर निर्णय गरेका थियौ। पछिल्लो समय कोरोना संक्रमण अप्रत्याशित ढंगले बढेपछि र अस्ति मात्रै कोरोना कारणले मृत्युु भए पश्चात्, रक्तदाताहरु कमि भएको हुनसक्ने।” बताउनुभयो।

उक्त कार्यक्रममा आउनुभएको जो कोहिलाई सुरुमा थर्मल गन मार्फत शरीरको ताप्क्रम मापन गरि, लिकुइड सोप मार्फत हात धोइ, स्यानिटाइजर लगाइ, पन्जा लगाएपछि मात्रै रक्तदान प्रक्रियामा अघि बढाइएको थियो। रजिस्ट्रेशन गर्न बसेका २ क्याडेट छात्राहरु पिपिइ लगाइ नाम दर्ता गरिरहेका थिए। सामाजिक दुरि कायमगर्न भनी क्याडेट भोलुन्टरहरु खटाएका थियो।

एन.सि.सि अलुम्नाइ अशोसियशन काठमाडौ जिल्ला कार्यसमिति निर्देशक ज्योति थापा ज्युको नेतृत्वमा खटिएको टोलिले लकडाउन सुरुभए पश्चात पहिल्लो चरणमा हातधुने अभियान, दोश्रो चरणमा काठमाडौको विभिन्न स्थानमा राहात वितरण गर्नुभएको थियो। र अहिले तेस्रो चरणमा रक्तदान कार्यक्रम संचालन गर्नुभएको छ।
हामिले दान भन्नाले अन्न वस्त्र दान मात्र दान हाेईन त्याे भन्दा ठूलो महादान रगत दान हाे । जिवनमा अरु दान गर्न नसके पनि रगत जुन कि किन्न जान नपर्ने अाफुसंग भएको रगत दान गर्नलाई अलिकति पनि मन सानाे नगर्नुहोस् भन्दछु । खुल्ला हृदयले गर्नुपर्छ ।

यी कलिला याैवन अवस्थाका किसाेर किशाेरि हरुले समेत रक्तदान कार्यक्रममा क्याडेटहरुकाे अतुलनिय भूमिका रहेको छ यस्तो महामारि फैलिएकाे बेलाम पनि अाफ्नाे बहुमुल्य रगत दान गरि रक्तदान कार्यक्रममा भव्य र सब्य बनाउदै अझ थप अाकर्पषण बढेकाे थियाे । भाइ बहिनिहरुलाई धेरै धेरै बधाइ एवं शुभकामना दिन चाहन्छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close