
पटेर्वा सुगाैली गापाद्वारा वीरगंज महानगरलाई २५ लाखको चेक हस्तान्तरण
राजन कुमार बानिया
पोखरिया २० जेठ
पर्साको पटेर्वासुगौली गाउँपालिका ले अाज बिरगंज महानगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा २५ लाख को चेक हस्तान्तरण गरेको छ। पटेर्वासुगौली गाउँ पालिकाका अध्यक्ष हरिनारायण चौधरीले कोविड विरुद्ध वीरगंज महानगरपालिकाले चालेको कदममा सर्हानिय रहेको ले सो काम मा हातेमालो गर्न २५ लाख बराबर को चेक वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भएको छ।
अध्यक्ष चौधरीले भने अाफ्नो गाउँपालिका को जनता हरु को सुरक्षा को लागि जेपनी गर्न त्यार रहेको छु।पर्साको क्वारेन्टाइन मा र ईनसुलेसन मा रहेको लाई स्वाब संकलन गरि कोरोना संक्रमित चेकजाँच को लागि बिरगंज महानगरपालिका ले पिसिअार मेशिन,रिएजेन्ट किट,मिटिएम कीट,प्रि अाईसोलेशन र कोबिन अस्पताल संचालन को लागी बिरगंज महानगपालिका को नगर सभा गृहमा पर्साका प्रमुख राजनीतिक दल, १४ वटा नगरपालिका ,गाउँपालिका प्रमुख र प्रदेश सभा सदस्यहरुको उपस्थितीमा भएको बैठकले पर्साका सवै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगाएत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भए अनुसार बिरगंज महानगरपालिका ले कोरोना भाईरस बिरुद्ध को लडाई मा सहयोग को अाहवान गरेको मा सोको मध्यनजर गरि अध्यक्ष चौधरी ले २५ लाख को चेक हस्तान्तरण गरेको छ।




