
पर्सा २० जेठ –बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस आर्थात (कोभिड-१९)बाट बाच्नको लागी जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको अध्यक्ष मधुसुदन चौरसियाको नेतृत्वमा गत १५ गते जेठ बिहीबारदेखि पर्साको विन्दवासिनी गाउपालिकाको सम्पूर्ण वडामा सेनिटाइजार छर्किने सुरु गरिएको कार्य आज (मंगलबार-२० गते ) सम्पन्न भएको छ l
बिन्दवासिनी गाउपालिका वडा न:-३ सानो इटियाही र ठुलो इटियाहीबाट गत जेठ १५ गते बिहीबारबाट पहिलो दिन सुरु गरिएको सेनिटाइजार छर्किने कार्य क्रमस गत जेठ १६ गते शुक्रबार वडा न:-३ र ४ अन्तर्गत पर्ने सानो झौवा र ठुलो झौवामा छार्कियो l
जेठ १७ गते शनिबार मौसम बदली भएर पानी पर्न थाले पछि उक दिन सेनिटाईजार छार्किने कार्य बन्द भएको थियो l जेठ १८ गते आइतबार विन्दवासिनी गाउपालिका वडा न:-५ अन्तर्गत पर्ने मानिपूर,भेलहा,बटसवरा,हसवा र परसौनीभट्टामा छर्किएको राष्ट्रीय बिद्यार्थी संघ पर्साको अध्यक्ष चौरसियाले जानकारी दिनुभयो l
यसै गरी जेठ १९ गते सोमबार उक्त पालिकाको वडा न:- ४ कै अन्तर्गत पर्ने अमरपट्टी,माधवलमा छर्किएको नव उदयमान बिद्यार्थी नेता चौरसियाले बताउनुभयो l यसै गरी जेठ २० गते मंगलबार विन्दवासिनी गाउपालिका वडा न:-१ र २ अन्तर्गत पर्ने बहुअर्वाभठ्ठा,हरिनगर र गर्दौलमा छर्किएको बताउनुभयो l
विन्दवासिनी गाउपालिका वडा न:-३ बाट सुरु गरिएको सेनिटाईजर छार्किने कार्य उक्त पालिका अन्तर्गत रिहेको ५ वटा वडाकै सम्पूर्ण गाउ-गाउ गली गलीमा छर्किदै वडा न:-१ र २ अन्तर्गत पर्ने गाउमा आएर सम्पन्न भएको चौरसियाले बताउनुभयो l
चौसियाले आफ्नो ब्यक्तिगत लागानीमा विन्दवासिनी गाउपालिकाको सम्पुर्ण वडामा सेनिटाईजर गरेको बताउनु भयो l रास्ट्रीय बिद्यार्थी संग पर्साका अध्यक्ष चौरसियाको नै अध्यक्षतामा सुरु गरिएको सेनिटाईजर गर्ने कार्यमा बिद्यार्थी नेता ओमप्रकास साह,पूनिलाल दास, स्थानीय युवाहरू अमरजीत चौरसिया,सूर्यमोहन चौरसिया,ब्रिजेश सह कानू ,भूपेन्द्र सहनी,सुजीत झा लगायतको सहभागीता रहेको थियो l



