वीरगञ्ज युवा समाजद्वारा महानगरको कोभिड कोषमा ११हजार १ सय ११ रुपैया आर्थिक सहयोग ।

वीरगञ्ज , जेष्ठ २२ गते बिहीबार ।

वीरगञ्ज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा वीरगञ्ज युवा समाजले आर्थिक सहयोग गरेको छ ।
महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप समाजले ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गरेको हो ।

समाजका अध्यक्ष कमल चौगाईको नेतृत्वमा गएको टोली महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई भेटेर रकम बराबरको चेक हस्तान्तरण गरेको थियो ।

चेक बुझ्दै नगरप्रमुख सरावगीले युवा समाजको सहयोगको सराहना गर्दै भने, ‘समाजले गरेको सहयोग अतुलनिय छ, युवाहरुको नेतृत्व गर्दै आएको वीरगञ्ज युवा समाजले गरेको यस सहयोगले अरुलाई समेत प्रेरणा मिल्ने छ ।’

त्यसैगरी वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले कोभिड महामारीले ल्याएको विपतको समयमा आफुहरु निरन्तर खटिरहेको बताए । उनले महानगरपालिकाले कोभिड नियन्त्रणकालागि खेलिरहेको भूमिका प्रसंसनिय रहेको र यस अभियानमा सम्पूर्ण नगरवासीको सहयोग अपरिहार्य रहेको उनले जोड दिए ।

चेक हस्तान्तरण कार्यक्रममा समाजकी उपाध्यक्ष श्रीष्टि विष्ट, सचिव हेमन्त तामाङ्, कोषाध्यक्ष अस्मिता गौतम, सदस्यहरु विनोद धिमाल, मणिहर्ष शाक्य, अनुप अग्रवाल, सुशील श्रेष्ठ, नीरज श्रेष्ठलगयातको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close