प्रदेस सभा सदस्य रमेश पटेलले आफ्नो एक महिनाको तलब वीरगन्ज महानगरपालिकालाई सहयोग गनुभएको छ । उहाले प्रदेश सभाबाट पाउने एक महिनाको तलब ५१हजार रुपैया वीरगन्ज महानगरपालिकालाई प्रदाना गनुभएको हो ।कोरोना रोग नियन्त्रणको लागी परिक्षणलाई तिब्रता दिन पि सि आर मसिन खरिदगर्नको महानगरपालिकाले आर्थिक सहयोग गर्न गरेको आहवानलाई मध्यनजर गर्दै प्रदेस सभा सदस्य रमेश प्रसाद प्रटेल आफ्नो एक महिनाको तलब महानगरपालिकालाई सहयोग गर्नुभएको हो ।वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख विजय कुमार शरावगीलाई सभासदस्य पटेलले प्रदान गनुभएको ५१हजारको चेक उनका स्वकिय सचिव शेख फिरोजले हस्तान्त्रण गरेका थिए ।