विरगंज माहानगरपालीका वडा नं १० अशोक वाटीका समाज सेवा समितीले सरसफाई तथा वृक्षारोपण कार्यक्रम समपन्न

असार–६
विरगंज माहानगरपालीका वडा नं १० अशोक वाटीका समाज सेवा समितीले आज अशोक वाटीका टोलमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । “सकेम त सफा करी ना सकेम त फुहर मत करी ” नाराको साथ सो कार्यक्रम समपन्न गरिएको हो । पुरै विश्वमा दिनप्रती दिन वातावरण विनास हुदै गएको र वातावरण प्रदुषणलाई सफा र सवच्छ राख्नको लागी कार्यक्रमको आयोजना गरिएको संस्थाका सदस्य आनान्द कुमार गुप्ताले जानकारी दिनुभयो ।

साथै सो टोलमा रहेका स्थानीयहरुलाई वातावरण सवच्छ र सफा राख्नुको साथै सरसफाईमा ध्यान दिन आग्रह गरिएको थियो । आउने दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने असोक वाटीका सेवा समाजका अगुवाहरुले बताउनुभएको छ । सो अवसरमा विभिन्न प्रजातीका विरुवाहरु रापिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close