
वीरगञ्ज : राेटरी क्लब अफ वीरगञ्ज मेट्राेपाेलिस, राेट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्राेपाेलिस र राेट्रायाक्ट क्लब अफ युनाइटेड वीरगञ्जकाे संयुक्त आयेाजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
शनिबार वीरगञ्जकाे माइस्थान पार्कमा आयाेजना गरिएकाे रक्दानमा १८ जना महिला गरि ११६ जनाले रक्दान गरेका छन् ।
रक्तदान गर्नेहरूमा शान्ति थापा, मन्दिप सर्राफ, मन्जु कमारी यादव, निकिता बैनर्जी, बिनु गाैतम लगायतका रहेका छन् ।
कार्यक्रममा राेटरी क्लब अफ वीरगञ्ज मेट्राेपाेलिसका अध्यक्ष रम्भा मिश्रा, सचिव अनिल जयसवाल, राेट्रायक्ट क्लब अफ वीरगञ्ज मेट्राेपाेलिसका अध्यक्ष गाेपाल कन्डाेइ, सहसचिव दिपु वर्णवाल(२०/२१), राेट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष रजिश कुमार चाैधरी, सचिव सन्दिप राज ओझा लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।
लकडाउनका कारण रक्तदान कार्यक्रम आयाेजना नहुँदा रक्तसञ्चार केन्द्रमा विभिन्न रक्त समुहका रगतहरूकाे अभाव भएकाे थियाे । नयाँ माेडालिटी अनुसार लकडाउन खुकुलाे भएसँगै रक्दान कार्यक्रम आयाेजना गरिएकाे आयाेजकले जनाएका छन् ।




