प्रकृति सेवा प्रतिस्ठान नेपालद्वारा नारायणी अस्पतालमा कोरोनाको जोखिमपुर्ण अवस्थामा रहि सेवा दिने स्वास्थ्यकर्मी तथा सफाईकर्मीलाई सम्मान ।

बिरगंज , असार २२ गते सोमबार ।

प्रकृति सेवा प्रतिष्ठान नेपालले बिरगंजको नारायणी अस्पतालका कोरोना रोग सङ्ग जोखिमपूर्ण अवस्थामा अग्रपंक्तिमा रहि लडिरहने स्वास्थ्यकर्मी एवम सफाइकर्मी योद्धाहरुलाइ सम्मानपत्र एवम दोसल्ला ओढाएर सम्मानित गरेको छ ।

नारायणी अस्पतालको सभाहलमा सोमबार भएको सो कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका संस्थापक अध्यक्ष जसपाल सिंहले गर्नु भएको कार्यक्रममा अतिथिहरु बिरगंज महानगर पालिकाका उपप्रमुख शान्ती कार्की, पर्सा प्रहरी प्रमुख एस पि गङ्गा पन्त , नारायणी अस्पतालका मे.सु.डा. मदन उपाध्याय , नेपाल चिकित्सा संघका केन्द्रिय सह सचिव डा. निरज सिंह , शिक्षाविद एवम समाजसेवी गणेश कुमार अग्रवाल , सामाजिक अभियन्ता प्रकाश थारु , बिरगंज उधोग वाणिज्य संघ बिरगंजका महासचिव माधव राजपाल ,नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका ,समाजसेवी घनश्याम शर्मा , सामाजिक अभियन्ता एवम प्रतिष्ठानका सदस्य लाल बाबू सिंह ,सदस्य अभिनास झा ,सन्चारकर्मिहरु विजय चौहान , क्रान्ती साह ,सुरेश बिडारी , नरेश सराफ लगायत नारायणी अस्पतालका स्वास्थ्यकर्मी एवम सफाइकर्मीहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षक एवम सन्चारकर्मी उज्ज्वल घिमिरेले गर्नु भएको थियो ।

सो सम्मान कार्यक्रममा सम्मानित हुनेमा श्रुति साह , हेमा थापा मानन्धर , मनिषा पाण्डे , अशमिता थापा , मानकलाल यादव , राजिव चौरसिया , दिपु कु. राउत , आयशा हुमागाइ , प्रीया प्रजापती ,दिव्या मिश्रा ,यशोधरा श्रेष्ठ , श्रीष्टि चौधरी , सन्जु लामा , सबिता यादव, रितु सिंह ,सुबोध कुमार नेपाल ,सन्जय कुमार , मनराज साह ,राजु राउत लगायत २० जना स्वास्थ्यकर्मी एवम सफाइकर्मीहरुलाइ प्रतिष्ठानका अध्यक्ष एवम अतिथिहरुले दोसल्ला ओढाउनुको साथै कोरोना योद्धा सम्मानपत्र दिएर सम्मानित गरेको प्रतिस्ठानका अध्यक्ष जसपाल सिंहले प्रहार डेलि बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close