लायन्स क्लब अफ बिरगंज नोर्थद्वारा पर्सा प्रहरीलाई आवस्यक सामाग्री सहयोग ।

बिरगंज , भदै ०६ गते शनिबार ।

लायन्स क्लब अफ बिरगंज नोर्थले जिल्ला प्रहरी कार्यालय पर्सालाइ आवस्यक पानी तताउने बिधुतिय केट्लि ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १६०,ओक्सिमिटर ५ थान, थेर्मोमिटर १० थान,२५ कार्टून पानी, लगायतका सामाग्री सहयोग गरेका छ्न।

बिरगंजमा कोरोनाको उच्च जोखिम बढदै गर्दा जिल्ला प्रहरी कार्यालय द्वारा अग्रपंक्तिमा खट्ने हेल्प डेस्कका प्रहरीसाथिलाइ सहयोग पुग्ने मनसायले हाम्रो सेवा स्वरूप हामिले सानो सहयोग गरेको भनि संस्थाका अध्यक्ष सन्जय अग्रवालले पर्सा पोस्टलाई बताउनु भयो।

जिल्ला प्रहरी कार्यालय पर्साका डि.एस.पि गौतम थापालाइ संस्थाका अध्यक्ष सन्जय अग्रवाल र पुर्व अध्यक्ष गोविन्द साहले संयुक्त रुपमा सामान हस्तान्तरण गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close