
बिरगंज ,२८ भदौ २८ गते आईतवार ।
स्वतन्त्र मानवअधिकार समाज ,केन्द्रीय कायार्लय बिरगंजले आइतबार का दिन जेलराेड नजिकै गणेशमान चौकको अाफ्नै कायार्लय परिषर एरियामा अहिले काेराेना माहामारिकाे अवस्थामा पनि बाटोमा हिड्ने कैयौं यात्री ,बटुवा ,सर्वसाधारणहरुले मुखमा मास्क नलगाई हिडिरहेका हुदा उनिहरुमा जनचेतनामूलक शिक्षा प्रदान गर्दै कपडाको 100 थान (एक सय ) थान मास्क समेत वितरण गरिएको समाजका सभापति कृष्ण कुमार खनालले बताउनु भयाे ।
मास्क समाजसेवी रामअाषिस यादवले उपलब्ध गराउनु भएको थियो ।उक्त समारोहमा समाजका महासचिव दिपक साह कानु, संस्थापक महासचिव धुर्ब अधिकारी ,कोषाध्यक्ष उर्मिला कुमारी ,सह-कोषाध्यक्ष अंकित जालान ,समाजसेवीहरु तारकेशवर चौधरी ,अमिर खड्गी ,राजु साह तुराहा,दिपु साह तुराहा ,प्रशान्त सिंह थापा लगायतकाले सहयोगी भुमिका निर्वाह गर्नु भएको थियो ।
त्यसै गरि समाजले साेहि ठाउँमा दुई दिन पहिले शुक्रबारका दिन यसैगरी १००-१००थान मास्क र सेनेटाईजर समेत बितरण गरेको अध्यक्ष खनालले प्रहार डेलीलाई जानकारी दिनु भएको थियो ।




