नेपाल सितोरियो कराते खेलाडी द्वारा मन्दिर सरसफाइ 

मनाेज शाह
जितपुर बारा,कार्तिक २१ गते

नेपाल सितोरियो कराते शाखा डाेजाे जितपुरले हिन्दुहरुकाे मन्दिर  शुक्रबार सरसफाइ कार्यक्रम गरेको छ ।  जितपुरमा रहेको  ५ अाेटा आज  बिहान ६ बजे मन्दिर  सरसफाइ गरेको हाे । शिव मन्दिर, बगाली बाबा मन्दिर , दुर्गा मन्दिर र बजारमा दुईवटा रहेको मन्दिरलाई सरसफाइ गरेको छ । डाेजाेले जितपुरमा रहेको ५ वटा मन्दिरलाइ आज सरसफाइ गरेको हाे ।  जितपुरमा निर्माणधिन सडकले गर्दा मन्दिरकाे प्राङ्गणमा धेरै फाेहाेर भएको र पुजा गर्न अाउने भक्तजनहरुकाे सास्ती खेप्न परेकाेले डाेजाेले सामाजिक उतरदायित्व पुरा गर्न सरसफाइ गरिएको सह प्रशिक्षक मनाेज कुमार साहले बताउनुभयो । खेलकुद सँगै  खेलाडीहरुले सामाजिक कार्यमा सहभागिता जनाएर समाजप्रति आफ्नो जिम्मेवारी बहन गरिरहेकाेे प्रति समाजसेवी घनश्याम गिरीले  खुशी ब्यक्त गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close