लैङ्गिक हिंसा विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न ।

अजित भुजेल

बिरगंज , मंसिर १३ गते शनिबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया- २ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम प्रहरी विट छपकैया श्रीराम हल चौकबाट लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक र्‍यालि जिल्ला पर्सा बी.म.न.पा. २ स्थित तुथबारी, शान्तिटोल, नेपालीटोल हुदै ऐ.ऐ. संसारीमाई मन्दिरमा पुगी लैङ्गिक हिंसा सम्बन्धी जनचेतना गराईयो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री हाजी ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा र वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि. श्री राजेशराज पुरी को प्रमुख आतिथ्यमा वडा समितिको कार्यालय वडा नं.२ का महिला सदस्य नेशा खातुन, स्थानिय समजसेवी, राईजिङ्ग वीरगंज नेपालका अध्यक्ष तथा पदाधिकारी र सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारी, प्र.स.नि. रामेश्‍वर प्रसाद यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामाङ्ग लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close