अति बिपन्न बर्गको लागी बिवाहमा चाहिने आवस्यक भाडा बर्तन बितरण ।

बिरगंज , माघ ०८ गते बिहीबार ।

अल- मन्सुर फाउन्डेसन बिरगंज पर्साको सहयोग तथा राईजिङ्ग बिरगंज नेपाल र सामुदायिक सेवा केन्द्र छपकैया-२ को सन्युक्त आयोजनामा बिवाहको लागि चाहिने अतिआवस्यक भाडा बर्तन बितरण गरिएको थियो ।

बिरगंज महानगर पालिका वडा न.२ घुसुकपुरमा बिहीबार एक कार्यक्रमको बीच सामुदायिक सेवा केन्द्र छपकैया -२ तथा राईजिङ्ग बिरगंज नेपालको अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरको प्रमुख आतिथ्य अति बिपन्न बर्गको लागि बिवाहमा चाहिने अतिआवस्यक भाडा बर्तन जिल्ला पर्सा छिपरमाई गा. पा. वडा न.५ भिस्वा बस्ने अमित मियालाई हस्तान्तरण गरिएको हो।

किचेनको लागि चाहिने प्रेसर कुकर , सिलभरको डेक्ची ठुलो र सानो , कराई , बाल्टिङ्ग , जग , बाटा , प्लेट , ग्लास , हडकेस , चिया ताप्के , फ्राईपिन , डाडु , पन्यु , टिफिन लगायतका सामान रहेको अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराउनु भयो।
सो कार्यक्रममा अल मन्सुर फाउन्डेसन बिरगंज पर्साका अध्यक्ष जेयाउल हक समानी , युसुफ हुसेन , शेष हुसनैन , सामुदायिक सेवा केन्द्र छपकैया-२ का सदस्य अजित कुमार भुजेल , राईजिङ्ग बिरगंज नेपालका आरजु खान ( अकदस मुस्तफा) , एमामुल हक , प्रहरी सहायक निरीक्षक सन्जिव कुमार यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान राजकुमार तामाङको सहभागीता रहेको थियो ।

कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र छपकैया-२ का सदस्य एवं सन्चारकर्मी अजित भुजेलले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close