दुर्घटना न्यूनीकरणका लागि राती टल्कने स्टिकर टास्ने अभियानको आज चौथो दिन मंगलबार परवानिपुर चौकमा सम्पन्न ।

बिरगंज , माघ २० गते मंगलबार ।

ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी राती टल्कने स्टिकर टास्ने अभियानको आज चौथो दिन मंगलवार परवानिपुर चौकमा सम्पन्न भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको अध्यक्षतामा र परवानीपुरका वडा अध्यक्ष हबिब मियाको प्रमुख आतिथ्य स्टिकर टासी कार्यक्रमको सुभारम्भ भएको थियो ।

परवानिपुर युवा क्लब , स्थानिय , विभिन्न सघसस्थाहरुको सहयोगमा २६० वटा स्टिकर निजि कार , जिप , ठुला – साना बस , ट्रक , ट्याक्टर ,म्याजिकमा टिसिएको थियो ।

त्यसैगरि आजै स्पस्ट नम्बर प्लेट नभएको ३९ वटा ट्याक्टरहरुमा नम्बर लेख्न लगाईएको ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीले बताउनु भयो।

साप्ताव्यापी कार्यक्रम अन्तर्गत भोलि बुधबार पाँचौ दिन बिरगंजको ड्राइपोर्ट चौकमा कार्यक्रम दिउसो १ बजे देखि हुने समेत बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

ट्रेन्डिङ

Close
Back to top button
Close