
अजित कुमार भुजेल
बिरगंज , माघ २१ गते बुधबार ।
पब्लिक एफ.एमको आयोजनामा बुधबार बिरगंज ईन्स्टिच्युट अफ टेक्नोलोजीमा रेडियो कार्यक्रम अन्तर्गत दहेज मुक्त समाज विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंहको अध्यक्षामा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मी रहनु भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी गण नं.१३ हेडक्वाटरबाट सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, बिध्यालयका प्र.अ रागिब हुसैन, नृसिंह माबिका शिक्षक शम्भु साह, बिआईटीका मेकानिकल बिभाग प्रमुख जयप्रकास बिरागी, अवधकिशोर सिंह लगायतले समाजबाट दाईजो समाप्त गर्ने तरिकाको बारेमा चर्चा गरेका थिए ।
सो बिध्यालयमा अध्यनरत बिध्यार्थीहरु मध्ये अभिनय कुमार साह, रितिक रोसन, आदित्य सिंह, अनजली कुमारी, अमिसा यादव, संदिप यादव, सहिना नेसा, रुपेश मेहता, पुजा साह लगायतले दाईजो लेनदेन भएको बिहेमा सामेलन नहुने प्रतिबद्धता गरेका थिए भने अरुहरु पनि दाईजो नलिने नदिने बताएका थिए ।
कार्यक्रममा पब्लिक एफ.एमका साहिल अख्तर गद्दी, एन्जल चौधरी, रेखा सिंह, दिनेश यादव, संजय दास थारुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।




