दुर्घटना न्यूनीकरणका लागि राती टल्कने स्टिकर टास्ने अभियानको आज पाचौं दिन बुधबार ड्राइपोर्ट चौकमा ।

अजित कुमार भुजेल

बिरगंज , माघ २१ गते बुधबार ।

ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी राती टल्कने स्टिकर टास्ने अभियानको आज पाचौं दिन बुधबार ड्राईपोर्ट चौकमा सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , बिरगंज महानगर पालिका वडा न.२० का वडा अध्यक्ष पारस यादव , २४ का वडा अध्यक्ष दशरथ पटेल , २५ का वडा अध्यक्ष बिश्वास पटेल ,२६ का वडा अध्यक्ष शम्भु मिश्र , ग्रामीण समाज बिकास ट्रेडर्सका अध्यक्ष अनोश यादव ,  सन्चारकर्मी संतोषमान रन्जितकार , अजित कुमार भुजेल ,विभिन्न सघसस्था र स्थानियहरुको सहभागिता रहेको थियो ।

आज २५० वटा राती टल्कने स्टिकर निजि कार , जिप , बस , ट्रक , ट्याक्टर र तेल ट्यान्किमा समेत स्टिकर टासिएको थियो ।
त्यसैगरि आजै ग्रामीण भेक भएकोले यहाँ ५० वटा जति साईकलमा पनि स्टिकर टासिएको र यसले दुर्घटना हुनबाट रोक्न धेरै मदत पुग्ने ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close