कपिलवस्तु काे शिवराज मा माक्स वितरण अभियान निरन्तर

धनी राम काेरी
कपिलवस्तु , जेठ २६
कपिलवस्तु काे शिवराज नगरपालिका वडा नं – चन्द्राैटा मा रहेको अाशा सञ्जालकाे अयाेजना मा शिवराज नगरपालिका वडा नं -१ र इलाका प्रहरी कार्यलय चन्द्राैटाकाे समन्वय र स्टाेमफाउण्डेसन तथा किर्डाक नेपाल काे आर्थिक सहयोगमा माक्स बैंक अभियान जेठ १९ गते देखि अाज २६ गते सम्म निरन्तर रुप अभियान चलिरहेको अाशा सञ्जाल का अध्यक्ष सन्ताेष बुढाथोकी ले बताउनु भयो ।

“हुनेले दिएर जाउ , नहुनेले लिएर जाउ ” भन्ने मुल नारा का साथ माक्स बैंक अभियान सुरु भएको छ । सहयोग दाताहरुले मनकामना सामुदायिक वन का अध्यक्ष ३०० पिस माक्स , सरस्वती निम्नमाध्यमिक विद्यालय कि शिक्षिका शान्ति जि.सी ले १०० पिस माक्स , सुरही सामुदायिक वन का अध्यक्ष गुडनिधि घिमिरे ले २०० पिस माक्स र शिवराज नगरपालिका वडा नं -१ का वडा अध्यक्ष जगत बहादुर के.सी ले १५० पिस माक्स अनि २ लिटर सेनिटाइजर सहयोग गर्नु भएको छ ।

कपिलवस्तु मा निषेधाज्ञा रहेको छ त पनि मान्छेहरु अतिअवश्यक काम काे लागि बहिरा निस्कनु पर्ने बध्यता रहेको स्थानीय बताउछन् । कति मान्छे हरु विना माक्स काे बाटाे हिलडुल गर्नेलाई माक्स वितरण गरिएको र अाशा सञ्जालले सार्वजनिक मानिसहरुलाई काेराेना काे बारेमा जानकारी समेत दिने का गरिएका छन । माक्स बैंक अभियान बाट काेराेना नियन्त्रणमा केही थप सहयोग हुने ठानिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close