
छिमेकी देश भारतको घोडासहनमा रेलले किचेर एकजना युवकको मृत्यु भएको छ ।
बुधवार राति घोडासहनको रेलवे लाइननजीक डुलिरहेका भारत, जगिर्हा निवासी २४ वर्षीय राहुल कुमारको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
रेलवे ट्र्याकमा हिंड्ने क्रममा राहुललाई पूर्व सीतामढीमा आएको रेलले किचेर घटनास्थलमा नै मृत्यु भएको आरपिएफएफ आउटपोस्ट प्रभारी विजय सिंहले बताए । घटनास्थलमा पुग्दा मृतकका परिवारजन मृतकको शव लिएर बेपत्ता भएको प्रभारी सिंहले बताए । घटनाबारे छानबीन भइरहेको उनले बताए । eprateek daily
आफ्नो प्रतिक्रिया दिनुहोस




