सेन्ट्रल जोन भलिबल : नेपाल श्रीलङ्कासँग पराजित, फाइनल पुग्ने सम्भावना कम

काठमाण्डाै – एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भयो । पहिलो सेट श्रीलंकाले २५–१८ ले जितेकोमा दोस्रो सेट २५–२२ ले जित्दै नेपालले खेल बराबरीमा ल्याएको थियो ।

तर तेस्रो र चौथो सेट  क्रमश: २५–२२ र २५–१६ ले जित्दै श्रीलंका विजयी भयो । आजको हारसँगै फाइनल पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । नेपालले तीन खेल खेलेकोमा २ वटामा हार र एउटामा जित निकालेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close