एक करोड पँचास लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद

उहाँले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हाल्नुभएको थियो । गतमङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७ र यही पुस महिनाको १० गतेसम्म रु ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ ।

सोही अवधिमा स्रोत नखुलेको रु १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उहाँको भनाइ छ ।

सात फरार प्रतिवादीबाट जरिवानास्वरुप रु एक लाख ७५ हजार ५९९ सङ्कलन गरिएको छ । प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशन समेत दिनुभएको छ ।- नेपाल टेलिभिजनबाट साभार

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close