परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफाेनमा कुराकानी

काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज बिहीवार टेलिफोनमा कुराकानी भएको छ ।

टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको हो । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित भएको छ ।

भारतका विदेशमन्त्री जयशंकरले ट्विटमार्फत आफूले नेपालका परराष्ट्रमन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा टेलिफोनमा कुराकानी गरेको प्रष्ट पार्नुभएको छ । ‘दुई देशबीचकाे विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय छ । हाम्रो सहयोगको दृश्यलाई फराकिलो बनाउन सहमत भएको छ’, ट्वीटमा भनिएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close