जसपा निकट युवा संघको राष्ट्रिय भेलामा पर्साबाट उत्साहजनक सहभागिता हुने: नेता साह

जनता समाजवादी पार्टी नेपाल निकट समाजकादी युवा संघको राष्ट्रिय भेला जनकपुरधाममा साउन ३१ र भदौ १ मा केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उदघाटन गर्ने कार्यक्रममा पर्सा जिल्लाबाट उत्साहजनक सहभागिता हुने प्रदेश सदस्य शिव कुमार साहले बताएकक छन ।

समाजकादी युवा संघको केन्द्रिय बैठक पार्टी कार्यालय बालकुमारी ललितपुरबाट साउन ३१ र भदौ १ मा जनकपुरधाममा राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय भेलाबाट केन्द्रिय समिति पुनर्गठन, पार्टीको नितिगत मार्गदर्शन स्वीकार्य, बिधान संसोधन, कार्यलय ब्यवस्थापन र मुल आयोजक समिति लगायत विभिन्न उपसमितिहरु गठन गरेको छ ।

राष्ट्रिय भेला मुल आयोजक समितिको संयोजकमा केन्द्र अध्यक्ष एवं मधेस प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मा. योगेन्द्र राय यादवको संयोजकत्वमा १ सय ३५ जा सदस्य रहेको छ ।

राष्ट्रिय भेला त्यारी उप-समितिहरुमा अर्थ समिति, मंच र स्वयमसेवक समिति, अतिथि सतकार समिति, प्रचारप्रसार समिति, जनपरिचालन समिति गठन गरेको प्रचारप्रसार उप-समितिको सदस्य शिव कुमार साहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close