क्षेत्र नं १(ख) प्रदेश सभा सदस्य उमेदवार रामनारायण कुर्मी लाइ बीरगंज वार्ड नं ८ का‌ महिला द्वारा टिका लगाइ विजय निश्चित भन्दै गरे स्वागत

बीरगंज, पर्सा

पर्सा निर्वाचन क्षेत्र नम्बर १(ख) मा सत्ता गठबन्धनले चुनावी प्रचार प्रसार लाइ झन तिब्र पारेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते अर्थात बिहीबार देखि दल र उम्मेदवारले चुनावी सभासम्मेलन, कोणसभा , सभा इत्यादि गर्न पाउने अनुुमति दिएसंगै पर्सा निर्वाचन क्षेत्र नं १(ख) मा सत्तागठबन्धनका उम्मेदवारहरुले पनि बिहीबार देखि चुनावी प्रचार प्रसारलाई अझ तिब्र पारेका हुन् ।

शनिबार बिहान वीरगंज महानगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी ले घरदैलोमै पुगेर मतदातालाई भेटेका छन् । त्यसक्रममा स्थानीय र मतदाताहरुले उम्मेदवारलाई बीरगंज महानगरपालिका वडा नं ८ का महिलाहरु ले टिका लगाएर तपाइको विजय निश्चित भएको भन्दै स्वागत गर्दै यसपालि आफुहरुले गठबन्धनकै उम्मेदवारलाई जिताउने बताए ।

युवा देखि बृद्धबृद्धा मात्र नभइ गृहिणी महिलाहरुले पनि यसपालिको आफनो रोजाइ कुर्मी नै भएको भन्दै समर्थनमा नारा पनी लगाएको थियो।

मतदाताहरुको स्वागतबाट उत्साहित प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी ले आफना क्षेत्रका जनताको जीवनस्तरमा सुधार नै मुख्य लक्ष्य रहेको बताए । किसान र मजदुरहरूको आर्थिक समुन्नति पनि प्रमुख प्राथमिकतामा रहेको भन्दै कुर्मी ले भने ,‘ सहरसँग बाटोघाटो जोडिँदा र उद्योगहरू खुल्दा त्यसबाट सबैभन्दा बढी किसान र मजदुर वर्ग लाभान्वित हुन सक्नुपर्छ, अन्यथा यी विकासका पूर्वाधारहरूबाट उच्च वर्ग÷ ठूला व्यापारीले मात्र फाइदा लिने स्थिति बन्छ , त्यस कारण विकासका यी पूर्वाधारहरूलाई न्यून आय भएका मजदुर÷किसानको आर्थिक स्तरोन्नतिको आधार बनाउन म सधैं नै प्रतिबद्ध र सक्रिय रहन्छु ।

उनले मधेसको मसिहा बताउदै आएको जसपा अहिले सिटको लोभमा मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेकाले अब जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएकाले मधेसी जनताबाट बहिष्कृत हुने बताए ।

चुनावी घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी , काँग्रेसका निर्वाचन क्षेत्र नं १ का सभापति क्षेत्र नं १ (ख)का प्रदेश सभा सभापति, काँग्रेस जिल्ला कार्यसमिति का पदाधिकारी, नेबिसंघ, तरुण दल का नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close