रमेश कुर्मीकाे भ्रष्टाचारकाे पाेल खुल्दै, मतदाताहरु ले मत दिन रुचाएन कुर्मी लाइ

प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको एकपछि अर्को भ्रष्टाचारको पोल खुल्दै गएको छ । वीरगञ्जको छपकैयाँमा गरिब परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्दा लाखौँ भ्रष्टाचार गरेको आरोप लागेका कुर्मीलाई कृषकका लागि अनुदानमा उपलब्ध गराउनु पर्ने ट्याक्टर पनि आफैँले प्रयोग गरिरहेको खुलेको हो । मधेश प्रदेश सरकारले कृषकहरुको लागि अनुदानमा वितरण गरेको ट्याक्टरमध्ये प्रदेश सभा सदस्यको बलमा कुर्मीले १ वटा ट्याक्टर आफ्नो हात पारेका थिए ।

वास्तविक कृषकलाई प्रदान गर्नुपर्ने ट्याक्टर उनले अहिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको स्थानीय सागर कुर्मी बताउँछन् । कुर्मी अहिले क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि पुनः उम्मेदवार छन् । २०७० मा समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका कुर्मी २०७४ मा प्रदेशसभा सदस्य बनेका थिए । दुई दुई पटक अवसर पाउँदा पनि यो क्षेत्रका लागि उपलब्धिमूलक कुनै पनि काम गर्न नसकेको मतदाताको आरोप छ ।

कुर्मीले व्यक्तिगत फाइदाका लागि मात्रै काम गरे, विन्ध्यवासिनीका स्थानीय समेत रहेका सञ्चारकर्मी जया यादव भन्छन्, ‘आफ्नो बारीमा बाटो लगेको, कृषकलाई दिनु पर्ने अनुदानको बोरिङ आफ्नै बारिमा हालेको, अनुदानको ट्याक्टर आफैले प्रयोग गरेको र यो क्षेत्रमा ४ वटा गेट बनाउने काम उनले गरेका छन् । birgunjsanjal

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close