
सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र भन्सार छली नियन्त्रणको जिम्मेवारी पाएको छ तर अहिले सीमावर्ती नाका तस्कर समूहको लागि अहिलेका प्रहरिका हाकिमहरू बरदान साबित भएका छन र उनीहरूकै निगाहले सिमानाकामा तस्कर समूहले लुट मचाएकाछन ।
सीमाबाट हुने चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका सीमा नाकाका अधिकारीहरुले आफ्नो उद्देश्य विपरीत तस्करहरु सँगै सेटिङ गदै लाभ लिने गरेका छन् । सीमानाकामा मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा बीरगञ्जको प्रमुख भन्सार नाकाबाट ब्यापकरुपमा तस्करी शुरु भएको छ ।
तस्कर समूहले सिमा नाकामा रहेको नेपाल प्रहरी को इनर्वा चैकि का सई , सशस्त्र प्रहरीका बिओपी पति रबिन्द्र भट्ट तथा वाडा प्रहरी कार्यालय विर्ता का प्रमुख मल्ल लाई आर्थिक प्रलोभनमा पारेर तस्करको समूहले समान वार पार गरिरहेको बताइन्छ ।
तस्कर समूहले भारतको रक्सौल बजारबाट साइकल ,मोटरसाइकल , स्कुटी को प्रयोग गरेर किराना समान,कस्मेटिक,सटिङसुटिङ, मोटरपार्टस र हार्डवेयरका सामान बीरगञ्ज भन्सारको मुलगेटबाटै भित्र्याउने गरेका छन । अहिले बिशाल ,तरबार,सम्भु राम र झुमरी, सालमा अहिले वीरगञ्ज भन्सार मुख्य नाका हुदै नैइ तस्करी को लाईन पाएको पाएका छन्।
बिशाल र ताबारकले १०/१० साइकलमा माल ओसारी रहेका छन भन्ने शम्भु र झुमरीले अटोको प्रयोग गरी ठुलो परिमाणमा राजश्व छली तस्करी गरीरहेका छन ।
मुख्य भन्सार नाकामा रहेको शसस्त्र प्रहरीको बिओपी ईनर्वा र नेपाल प्रहरीको सिमा प्रहरी चौकी ईनर्वाको कमान्डरलाई महिनावारी बुझाएर र डिउटिमा खटिएको डिउटि कमाण्डर र भन्सारको चेकिङको लागि खटिएकोलाई डिउडी खर्च दिएर मिलाउने गरेको एक कारोबारीले बताएका छन ।
ठुला कारोबारीले कमान्डरलाई सिधै भेटेर महिनावारी बुझाउन र साना पोकेको लागि सिमा प्रहरी चौकी ईनर्वाले खटाइएको अघोषित घुमुवा लाई पैसा दिने गरेका छन्।
रोचक कुरा त के छ भन्ने मुल भन्सार नाकामा हुने तस्करी नियन्त्रण र अवाञ्छित गतिबिधी निगरानीको लागि लगाइएको सिसिटिभि क्यामरालाई भुई मात्र देख्ने गरी तल फर्काइको छ जो शसस्त्र प्रहरीको नियन्त्रणमा छ , जहा शसस्त्र प्रहरीले चेकजाच गर्ने गरेको छ ।




