बारा जिल्लाको अस्पताललाई कोरोना अस्पताल नबनाउन (नेकपा)युवा साहको दबाब बढ्दै

बारा जिल्लाको अस्पताललाई कोरोना अस्पताल नबनाउन (नेकपा)युवा साहको दबाब बढ्दै

कलैया = प्रदेश २ सरकारले बाराको जिल्ला अस्पाल कलैयालाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नगर्न दबाब बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ बाराले ज्ञापनपत्र बुझाएर निर्णय कार्यान्यन नगर्न आग्रह गरेको छ।

संगठनका जिल्ला संयोजक पुरुषोत्तम साहले आइतबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र अस्पतालका डा.वीरेन्द्र कुमार मण्डललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन्।

त्यसैगरी ट्रेड युनियन बाराले पनि कोरोना अस्पताल सञ्चालन गर्न नहुने भन्दै संयुक्त विज्ञप्ति जारी गरेको छ। बारा जिल्लाको स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै कलैया अस्पतालले जिल्लाभरिबाट आउने गरिब असहाय तथा विपन्न वर्गहरुका लागि एक मात्र उपचारको थल्लो रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमार्फत कलैया अस्पातलले दिइरहेका विभिन्न सेवा इमरजेन्सी सेवा, ओपिडि सेवा, इन्डोर सेवा, प्रसूति सेवा र प्रसूति शल्यक्रिया सेवा, ल्याब सेवा अस्पताल परिसरभित्र रहेको स्वास्थ्य कार्यालय, बाराबाट सञ्चालित सेवा अवरुद्ध हुने भएकोले कलैया अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण नगर्न माग गरेको छ।

यसअघि नै नेपाली कांग्रेस बारा, नागरिक समाजले पनि प्रेस विज्ञप्ति जारी गर्दै कलैया अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण नगर्न माग गर्दै आएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close