
पाेखरिया नगरपालिकाकाे कार्यालयमा आगलागी
राजन बानिया
पोखरिया २४ बैशाख
पाेखरिया नगरपालिकाकाे कार्यालयमा आज दिउसाे आगलागी भएकाे छ । बिधुत स्वर्ट भई नगरपालिका कार्यालयकाे प्रथम तल्लामा रहेकाे सभा हलमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागीले सभा हलकाे एसि एक थान, बैट्री ९ थान, इन्भटर एक थान, ढाेका, झ्याल जलेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताउनु भयाे ।
दिउसाे १२ बजे बैट्री पड्केर अचानक भएकाे आगलागी करिब आधा घण्टा पछि नियन्त्रमा आएकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले बताउनुभयाे। आगलागी पाेखरिया नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगमा नियन्त्रणमा आएकाे मेयर राैनियारले जानकारी गराउनुभयाे।
आगलागीले अनुमानित १० लाख बराबरकाे क्षति भएकाे मेयर राैनियारले बताउनुभयाे।
आफ्नो प्रतिक्रिया दिनुहोस




