आमा बुवा ट्रस्ट की अध्यक्ष जोया श्रेष्ठले आफ्नो आमा बुवाको सपना पुरा गरी मनाइन जन्मदिन

वीरगंज, पर्सा
आमा बुवा ट्रस्ट की अध्यक्ष जोया श्रेष्ठले एउटा आमाको सपना पुरा गरी आफ्नो जन्मदिन मनाइकि छिन।
आमा बुवा ट्रस्ट की अध्यक्ष जोया श्रेष्ठले काठमाडौंको गोकर्ण भन्ने ठाउँमा पिकनिक जाँदा एउटा आमाले राम्ररी गित गाउने र गित लेख्ने गरेकि थिइन तर त्यो आमा सँग‌ पैसा आभावको कारण गित रेकर्डिङ गराउन सकिरहेकी थिइनन ।त्यो कुरा सुनेर आमा बुवा ट्रस्ट की अध्यक्ष जोया श्रेष्ठले आफनो जन्मदिन परेको दिन त्यो गित रेकर्डिङ गराउन सहयोग गरि आफ्नो जन्मदिन मनाएकि छिन।

आमा बुवा ट्रुस्ट की अध्यक्ष जोया श्रेष्ठ सामान्य घरपरिवारमा जन्मेकी हुन । एसएलसी पास गरि वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पस मा स्नातक तह गरिन तथा स्नातक तह पछि मासटर डिग्री हासिल गरेकि छिन।

त्यसपछि पत्रकारिता को सिलसिलामा अहिले काठमाडौंमा रहि पत्रकारिता गरिरहेकी छिन् साथै आफ्नो आमा बुवाको नामबाट आमा बुवा ट्रस्ट सस्थाको स्थापना गरेकि छिन।

उनका अनुसार पछिल्लो समय समाज सेवा गर्ने व्यक्ति तथा संस्थाहरू बढी प्रचारबाजीमा लागेको र समाजसेवाको नाममा आफूले फाइदा लिने गर्ने गरेका छ्न। सानातिना सहयोगलाई पनि ठुलो बनाएर प्रचार गर्ने र दुनियाँलाई थाहा दिनुपर्ने मान्नेताबाट ग्रसित समाजसेवा निस्वार्थ नभएको टिप्पणीहरू पनि सुनिन्छ ।गरिब निमुखाहरूको स्वास्थ्य उपचारमा होस्, या जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउन होस्, उनी सधै अघि सर्छिन ।

त्यस्तै आफूले पनि दुःख कष्टहरू भोगेको हुनाले अरूका दुःख कष्ट, पिडाहरूलाई बुझ्न सक्छु, महसुस गर्न सक्छु” उनी भन्छिन “निस्वार्थ भावले विपन्नमा परेका र खाँचो परेकालाई सहयोग गर्दै आइरहेकी छिन । कसैले थाहा पाउनु नपाउनु भन्दा पनि वास्तविक दुःख पिडामा परेकालाई सहयोग गर्न सकियौँ कि सकिएनौँ भन्नेमा उनको बढी ध्यान रहेको हुन्छ ।”

साथै उनी थप्छिन मानिसहरूका जीवन सार्थक हुन्छन्, जो अरूका लागि पनि बाँच्दछन् ।’ हुन पनि हो, जसले अरूका लागि केही योगदान दिन्छन्, तिनीहरू सम्झिरहन्छन्, बाँचिरहन्छन् । अरूबाट केही लिँदा वा लिन पाउँदा खुसी मान्नु मानिसहरूको स्वभाव हो । तर, समाजमा कमै मानिसहरू हुन्छन् , जो अरूलाई दिँदा आनन्द मान्छन् , जसरी अरूले लिँदा मान्छन् ।

मानिसको दुःख पिडा देख्न सक्दिनँ उनी भन्छिन । चाँडै विश्वास गर्छु । त्यसले गर्दा थुप्रैले ठगे मलाई । तर, अहिले अलि सजग हुन थालेको छु । अलि बुझेर मात्रै सहयोग गर्ने गरेको छु, । आउने दिन मा देश र जनता को लागि केही राम्रो गर्ने उनले अठोट लिएकी छिन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close