वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा कर्णाली लाइ हराउँदै माछापुच्छ्रे सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा कर्णाली लाइ हराउँदै माछापुच्छ्रे सेमिफाइनलमा

वीरगंज, पर्सा

आज सोमबारकादिन वीरगंज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा तेस्रो दिन कर्णाली लाइ हराउँदै माछापुच्छ्रे सेमिफाइनलमा प्रवेश गरेको छ।

तेस्रो दिनको भएको खेलमा कर्णाली र माछापुच्छ्रे बिच मैत्रीपुर्ण खेल प्रतियोगिता भएको थियो । १० ओभर को खेलमा माछापुच्छ्रेले‌ ९५ रन को लक्ष्य दिएको थियो जसमा कर्णालीले ४८ रन १० ओभरमा जोडेको थियो। माछापुच्छ्रेले कर्णाली लाइ ४७ रनले‌ पछ्याउँदै विजय भएको थिय।

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिले को आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close