पर्सा जिल्लाबाट पहिलाे पटक दुई जना कब्ड्डी खेलकाे राष्ट्रिय रेफ्री (निर्णायक) बन्न सफल

पर्सा जिल्लाबाट पहिलाे पटक दुई जना कब्ड्डी खेलकाे राष्ट्रिय रेफ्री (निर्णायक) बन्न सफल

पर्सा जिल्लाबाट पहिलाे पटक दुई जना कब्ड्डी खेलकाे राष्ट्रिय रेफ्री (निर्णायक) बन्न सफल भएका छन् ।

राष्ट्रिय स्तरको एड्भान्स रिफ्रेस निर्णायक तथा प्रशिक्षक तालिम लिएसंगै पर्साका आकाश पटेल र रनु दास तत्माले कबड्डीको राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेका छन् ।

काठमाडौंमा भदौ २१ देखि २७ गते सम्म सञ्चालित उक्त तालिम पटेल र तत्मासंगै देशभरका ७० जनाले लिएका हुन् ।

तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।तालिममा सहभागीलाई प्रो–कबड्डीका निर्णायक अजित कुमार, प्रशिक्षक श्रीनिवासन रेड्डी, ई प्रसाद राव,पार्वती राई, विषणणु भट्ट ,महासचिव झा लगायतले प्रशिक्षण दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close