प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि सम्मानित

राहुल गुप्ता
पर्सा। प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि. सम्मानित भएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि.का संचालक डा.सरोज सिंह प्रशंसापत्रबाट सम्मानित भएका हुन्।

हस्पिटलले जिल्ला प्रहरी कार्यालय पर्साले बिभिन्न अवसरमा सञ्चालन गरेको स्वास्थ्य शिविर तथा अन्य सामुदायिक
गतिविधीहरुमा समेत स्रोत साधन व्यवस्थापनका साथै प्राविधीक सहायता प्रदान गर्नु भई निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिका,समन्वय र सहकार्यको उच्च मूल्यांकन गर्दै स-धन्यवाद सहित यो प्रशंसा-पत्र प्रदान गरीएको छ।संस्थाको उत्तरोत्तर प्रगतीको कामना सहित आगामी दिनहरुमा समेत सामाजिक सेवामा निरन्तर सक्रिय भूमिकाको कार्य गरेको प्रति जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सुर्या हस्पिटलका संचालक डा.सरोज सिंहलाई प्रशंसापत्रबाट सम्मान गरेका थिए।

सुर्या हस्पिटलका संचालक डा.सरोज सिंहले सधै समाजिक कार्यमा निरन्तर सहयोगको भावना राखि कार्य गर्दै आइरहने समाजमा नामकामाएका एक कुशल योग्य ट्रामा सर्जन र जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close