
वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पस (TRMC) अन्तर्गतको सूचना प्रविधि (BIT) विभागका विद्यार्थीहरूको टोली “टेक टाइटन्स” ले Code for Change द्वारा आयोजित राष्ट्रिय स्तरको आईटी फेस्ट मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो उपविजेता (1st Runner Up) स्थान हासिल गर्न सफल भएको छ।

देशभरका विभिन्न प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा टेक टाइटन्स टोलीले नवीन सोच, प्राविधिक दक्षता तथा समस्यामुखी समाधान प्रस्तुत गरी निर्णायक मण्डलको ध्यान आकर्षित गरेको थियो। कडा प्रतिस्पर्धाका बीच यो उपलब्धिले थाकुरराम बहुमुखी क्याम्पस तथा मधेश प्रदेशको शैक्षिक गौरवलाई थप उचाइमा पुर्याएको छ।

टोलीको यस ऐतिहासिक सफलताले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई नवप्रवर्तन, अनुसन्धान र प्रविधिमैत्री सोचतर्फ थप प्रेरणा दिएको छ। क्याम्पस प्रशासन, विभागीय प्रमुख, शिक्षकवर्ग तथा सम्पूर्ण विद्यार्थी समुदायले टोलीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन्।

टेक टाइटन्स टोलीको यो सफलता नेपाली आईटी क्षेत्रमा उदाउँदो प्रतिभाको स्पष्ट उदाहरण भएको आयोजक पक्षले समेत जनाएको छ।





