
वीरगंज – पर्सा क्षेत्र नं. १ बाट निर्वाचित तत्कालिन समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले नारायणी अस्पतालमा उपचाररत २ पत्रकारसहित ४३ जना कोरोना लडाईमा जितेर डिस्चार्ज हुने भएपछि आफू धेरै खुसी भएको बताएका छन् ।
सोमबार राती समाजिक सञ्जालमा लेख्दै सांसद यादवले पावन ईद पर्वको अवसरमा अल्लाह र इश्वरको कृपाले नारयाणी अस्पतालमा उपचाररत दुई पत्रकार मित्रसहित ४३ जानाले कोरोनासङ्ग लड़ाई जिती संक्रमणमुक्त भएको र अब अस्पतालमा पनि आम स्वास्थ्य उपचार सेवा सुचारु हुने भएकोले आफू धेरै खुसी भएको धारणा व्यक्त गरेका छन् ।
यसै साथ् आज देखि नारायणी अस्पताल कोरोना सक्रमित बाट खाली भएको छ, सांसद यादवले अस्पताल प्रशासनलाई धन्यबाद दिदै छिटै आम जनता को लागि सेवा सुचारु गर्न आग्रह साथ बिरगंजवासीलाई राहत दिने र विभिन्न जिल्ला बाट उपचार का लागि आउने गरेका गरिब र मध्यम वर्गीय बिरामीहरु लाई समेत टेवा पुग्ने जनाएका छन्।
उनले मेरो निर्वाचन क्षेत्र भएको जिल्लामा यो सुखद खबर आएकोमा आफू धेरै नै हर्षित भएको लेख्दै डिस्चार्ज हुनु भएको सबैलाई बधाई दिएका छन् । विश्व महामारीको रुप लिएको कोरोनाको लडाईमा अहोरात्र खट्ने डाक्टर, नर्स, सफाईकर्मी लगायत सबै सहयोगीमा अभार प्रकट गर्दै सांसद यादवले यथासिघ्र नारायणी अस्पताल सर्वसाधारणको लागि सुचारु गर्न भन्दै यस पटकको ईद पर्व सदैव सम्झना भईरहने बताएका छन् ।




