हिन्दु पत्रकार महासंघ पर्साका सल्लाहकार एसके चौरसियाद्वारा राजीनामा

हिन्दु पत्रकार महासंघ पर्साका सल्लाहकार एसके चौरसियाद्वारा राजीनामा

हिन्दु पत्रकार महासंघ, पर्साका सल्लाहकार एसके चौरसियाले आफ्नो पदबाट राजीनामा दिएका छन्। महासंघका अध्यक्षलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कार्यव्यस्तता तथा घरायसी कारणले आगामी दिनमा सल्लाहकार पदको जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्न नसक्ने अवस्था सिर्जना भएकाले राजीनामा दिएको बताएका छन्।

राजीनामा पत्रमा चौरसियाले महासंघको नीति, नियम तथा उद्देश्य प्राप्तिका लागि आफ्नो क्षमताअनुसार योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन्। संस्थासँग आवद्ध भएर काम गर्न पाउनु आफ्नो लागि सुखद अनुभव भएको पनि उनले बताएका छन्।

उनले नैतिक रूपमा पदमा बसिरहनुभन्दा नयाँ व्यक्तिलाई अवसर दिनु उपयुक्त ठानेर राजीनामा दिएको उल्लेख गर्दै आफ्नो राजीनामा आजकै मितिदेखि लागू हुने गरी पेश गरेका छन्।

राजीनामा पत्रमार्फत उनले आफ्नो कार्यकालमा सहयोग गर्ने महासंघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सम्पूर्ण पत्रकार साथीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। साथै आगामी दिनमा पनि संस्थाको हित र पत्रकारिता क्षेत्रको विकासका लागि व्यक्तिगत रूपमा सकारात्मक सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन्।

चौरसियाले हिन्दु पत्रकार महासंघ, पर्साको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close