
काठमाण्डौ – २१ औ शताब्दि बैज्ञानिक युग भनेर भने संगै यसको परिभाषाको परिधिलाई आधुनिक उपकरणको उपजले अझ विस्तार गरेको छ।
एक समय तेस्ता केहि आधुनिक उपकरण र तिनको प्रयोगबाट “मानवजातिमा समाजिकिपन हराउँछ” भन्नेहरुको होड पनि अनागीनत थिए। त्यस समयको त्यो होड,आजको परिबेशसम्म आइपुग्दा आवश्यकतामा परिणत भएको छ। आज पुरा विश्व नै सामाजिक दुरी कायम गर्ने कुरालाई जोड दिदैछ।
सामाजिक प्राणी “मानवजाति” को लागि त यो एक अभिश्राप सरह नै हुन सक्छ र यसले निम्त्याएका अनेकन सामाजिक घटना भने अहिलेको परिस्थितिमा अर्को विचारणीय विषय बन्न पुगेको छ। एक सर्वेक्षण अनुसार एक्लोपनले मानिसको १५ बर्षको आयु घटाउछ जुन अत्याधिक मोटोपन र १५ खिल्ली चुरोट प्रति दिन सेवन गर्ने सरि हुन आउछ ।
अत : यहि बन्दाबंदीको समय र त्यससंगै महसुस हुने एक्लोपनालाई उत्सवसरि मनाऔं भनि मुख्यत युवावर्गमा सकारत्मक सोच प्रवाह गराउने हेतुस्वरूप रोट्र्याक्ट क्लब राजधानीले “ममा मेरॊ उत्साह” भन्ने कार्यक्रम आयोजना गरेको छ। नेपाल भित्रका विभिन्न ११ रोट्र्याक्ट क्लबहरुका रोट्र्याक्टर युवाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा बन्दाबंदीको समयमा एक्लो भएता पनि उत्साहित भएको कुरा विभिन्न तस्विर र भिडियोहरु मार्फत संकलन गरिएको थियो।
प्राप्त तस्विर र भिडियो भने क्लबको पेजबाट साझा गरिएको थियो । उता संयुक्त राज्य अमेरिकामा भने यसै दिन (जुलाई ११ ) लाई हरेक वर्ष चियर अप द लोन्ली डे अर्थात एक्लोपनको उत्सव दिवस भनेर मनाइन्छ । फ्रान्सिस पेसेक नामक एक दयालु मानिसले यस दिनलाई सृजना गरेको कुरा अमेरिकी बासि मान्दछन ।
फ्रान्सिस एक दयालु र अत्यन्त राम्रो हृदय भएका व्यक्ति थिए। एक्लो वा बेवास्ता गरी ,बन्द गरि राखिएका वा नर्सिङ्ग होमहरूमा राखेर बिर्सिएका प्रति दया देखाउने एउटा तरिकाको रूपमा यो धारणा उनमा आएको थियो ।



