
बिरगंज , साउन १३ गते मंगलवार ।
मंगलवार बिहान सम्ममा बिरगंजमा कोरोना भाईरसका थप १५ संक्रमीत थपिएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिनु भयो ।
बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा साउन ७ गतेदेखि ११ गते सम्म स्वाब संकलनको परिक्षण गरिएकोमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु ४५ बर्षका महिला र बाकी २३ देखी ५६ बर्षका पुरुष रहेका छन् ।पुष्टि हुनेमा स्वास्थ्यकर्मी , थुनुवा र कारखानामा कार्यरत कर्मचारी रहेको डा. सिंहले जनाए।
आफ्नो प्रतिक्रिया दिनुहोस




