
बिरगंज , साउन ३२ गते आइतबार ।
स्थानिय प्रशासनले प्रहरी दमनको सहारामा नेबि संघ पर्साका अध्यक्ष बिकास तिवारीलाई झुठो मुद्दा लगाई अनाहकमा फसाउन खोजेको तरुण दल पर्साको आरोप रहेको छ ।
तरुण दल पर्साले आज एक प्रेस बिज्ञपति जारी गर्दै यस्तो आरोप लगाएको हो।
कोरोना महामारीले पूरै मुलुक अक्रान्त भएको बेला पर्सा जिल्लाका आम जनता पनि अति नै कष्टकर जीवनयापन गरिरहेको वर्तमान परिवेशमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा जनताको पक्षमा उठेका आवाजहरुलाई दबाउन स्थानिय प्रशासनले प्रहरी दमनको सहारा लिई अत्यन्तै आपतिजनक प्रर्दशन गरेको जनाएको छ ।
पर्सा जिल्लामा भईरहेको अकाल मृत्यु बाट बचाउन मेडिकल माफियालाई कार्यवाही गर्न, नियमित स्वास्थ्य सेवा संचालन लगायतको विभिन्न जायज मागहरु राखी गत श्रावन २६ गते ने. वि. संघ पर्साले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले ने. वि. संघ पर्साका नेताहरु विकाश तिवारी, शेष हजरा र मनोज साह लाई गिरफ्तार गरी सोही दिन राती ११ बजे मात्र रिहा गरिएको तथा श्रावन २८ गते बेलुका ने. वि. संघ पर्साका अध्यक्ष विकाश तिवारीलाई पुनः निजको घरबाट अपहरणकारी शैलीमा पक्राउ गरी झुठा मुद्दा लगाई फसाउन खोजीएको घटनाको नेपाल तरुण दल पर्सा घोर भत्र्सना गर्दछ । साथै सो घटना प्रति नेपाल तरुण दल पर्साको गम्भिर ध्यानाकर्षण भएको छ ।
उपचार विना छटपटिएर आम नागरिकको भईरहेको मृत्युको घटनालाई स्थानिय प्रशासनले सहज रुपमा लिएको महसुस भएको छ । मेडिकल माफियालाई कार्यवाही गर्नुको सट्टा आम नागरिकको आवाज उठाउनेलाई नै प्रतिशोध र पूर्वाग्राही ढङ्गले मुद्दा लगाई दुःख दिने काम लोकतन्त्रको मर्म र भावना विपरित भएको हुदाँ वर्तमान सरकार र स्थानिय प्रशासनले कानूनी शासनको गम्भिर उपहास गरेको छ ।
ने. वि. संघ पर्सा का अध्यक्ष विकास तिवारी माथि लगाईएको झुठा मुद्दा अविलम्ब खारेज गरी नेपालको संविधानले प्रदान गरेको मौलिक हकको संरक्षण गर्न समेत नेपाल तरुण दल पर्सा स्थानिय प्रशासन सँग जोडदार माग गर्दछ । निजलाई तत्काल रिहा नगरे लोकतान्त्रिक मुल्य र मान्यताको रक्षाको लागि नेपाल तरुण दल पर्सा चरनबद्ध आन्दोलन गर्न बाध्य हुनेछ । साथै सो बाट उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवार स्थानिय प्रशासन स्वँय हुने जानकारी तरुण दलका कार्यवाहक अध्यक्ष आनन्द कुमार चौधरीले जानकारी गराउनु भएको थियो ।




