भाईजान्स अफ बिरगंजले कोभिड १९ का बिरामीहरुलाई उपचार गर्ने डाक्टरहरुलाई सम्मान गरे ।

बिरगंज , भदौ ०९ गते मंगलवार ।

कोरोना भाईरसको कारण बिश्व नै त्रासमा रहेको र नेपाल पनि यसबाट अछुतो रहेन र यहापनी जनजीवन त्रासमय र झन झन जटिल बन्दै गैइरहेको बेलामा आफ्नो ज्यानको पर्वाह र परिवारबाट टाढा रहि पूर्ण निष्ठा र आफ्नो कर्तब्यलाई प्राथमिकता दिने डाक्टरहरुलाई बिरगंजको एक युवा समुह भाईजान्स अफ बिरगंजले सम्मान गरेको छ।

आज नारायणी अस्पतालको परिसरमै गएर भाईजान्स अफ बिरगंजले डा. उदय नारायण सिंह, डा. अरुण कुमार सिंह, डा. निरज कुमार सिंह, डा. अतुलेश कुमार चौरसियालाई पुष्पमाला, खादा लगाई र प्रमाणपत्र हस्तान्तरण गरि सम्मान गरिएको थियो ।

सो कार्यक्रममा भाईजान्स अफ बिरगंजका सदस्यका साथै संचारकर्मी आबिद हुसेन र मन्सुर खानको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close