
लहान २० भदौ ।धान पटाउने बिषय लिएर विगत राति शक्रबार करीब ९ :३० बजेको समयमा सिरहाको बरीयार्पटि गाउँपालिका १ कचनारीमा ३ प्रहरी जवान सहित दर्जनौ ब्यक्ति घाइते भएका छन्।
रामनाथ यादव र बिजय यादवको पकक्ष बिच भएको झगडा लाई लिएर बिवाद उग्ररूप लिएपछि भएका थिए।
बिजुलिबाट चल्ने मोटर र स्थानीय अजय यादवको खेतमा बोडिङ्ग बाट पानि तानेर म पहिला आफ्नो खेतमा लाग्छु र म पहिला लग्छु भन्दै विवाद उग्ररुप लिएपछि झगडा भएको थियो।
मोटर ,बोडीङ २,जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निजि हुन् । पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए धान पटाउने एउटा् बहाना र झगडा गर्ने न्यु मात्र भएको उनले बताए । घाइते हुनेमा दिनेश कुमार यादव भगत को १० टाका लगेको छ भने श्याम कुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादव लाई ३ वटा टाका लागेको छ् ।
घाइतेलाई सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए । यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोकसिको आरोपमा बेस्सरी खुट्पिट गरेको पीडितले बताए ।
उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमला लाई बया पाखुरामा गहिरो चोट लागेको धमलाले बताए । नेपाल प्रहरीमा घाइते जवानको नाउँ गोप्य रहेको छ।
उक्त घटनाको आरोपमा एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ् । उक्त घटना छानबिनको लागी युवालाई पक्राउ गरि छानबिनको लागि राखिएको ईन्स्पेकटर अरबिन साहले बताए ।




