कालिकामाई गापामा श्री कालिकामाई कृषि सहकारी संस्थाद्वारा युरिया मल वितरण

राजन कुमार बानिया
पोखरिया २३ भदौ
पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा साेमबार युरिया मल वितरण गरिएकाे छ ।श्री कालिकामाई कृषि सहकारी संस्थाले वडाका कृषकहरुलाई ५० बाेरा युरिया मल वितरण गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय पर्साकाे सिफारिसमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगंजले उपलब्ध गराइदिएकाे ५० बाेरा युरिया मल रु ८ सयकाे दरले बिक्री वितरण गरिएकाे सहकारी संस्थाका काेषाध्यक्ष ओमप्रकाश साहले वताए ।

वडाध्यक्ष साेनालाल प्रसाद चाैरसिया, वडा सदस्य रामजी साह लगायतकाे उपस्थितीमा वडा अन्तर्गतका कृषकहरुलाई एक/एक बाेरा युरिया मल वितरण गरिएकाे थियाे ।

यरिया मल अभावका बिच वडामा साल्ट ट्रेडिङकाे डिलर नभए पनि कृषकहरुकाे समस्यालाई ध्यानमा राखी उपलब्ध गराइएकाे युरिया मलले केही कृषकलाई राहत भएकाे छ । मलकाे लागि सय भन्दा बढीकाे संख्यामा कृषकहरु पुगे पनि ५० बाेराे मात्र मल भएकाले सबै कृषकहरु मल पाउन सकेकाे थिएन ।

यस्तै कालिकामाई गाउँपालिकाकाे वडा नं. ५ मा पनि साल्ट ट्रेडिङले उपलब्ध गराएकाे ५० बाेरा युरिया मल बिक्री वितरण गरिएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close