सोनार युवा अभियान बिरगंजद्वारा महानगर प्रमुख सरावगीलाई ध्यानाकर्षण- पत्र ।

बिरगंज , माघ २२ गते बिहीबार ।

सोनार युवा अभियान बिरगंज पर्साले बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोनार युवा अभियानका अध्यक्ष राज कुमार सरार्फद्वारा जारी ध्यानाकर्षण पत्र बिहीबार बिरगंज महानगर पालिकाको कार्यालयमा पुगि मेयर सरावगीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बिरगंजको बीच भागमा रहेको घन्टाघर चार दशक पहिले जापानका योगानोका जपानी स्कुलका बच्चाहरुले आफ्नो खाजाको रकम सहयोगमा स्थापना गरेको थियो ।

सो घन्टाघरबाट बज्ने घडिको घण्टीको स्वरले बिरगंज वासीहरुको मन नै आनन्दीत हुने र साक्षरता नभएको व्यक्तिले पनि समय थाहा पाउने गर्थे । बिरगंज बासिहरुको लागि अरुले बनाईदिएको संरचनालाई संरक्षण गर्न नसक्नु ग्रेटर बिरगंजको कुरा गर्नु भनेको बाल्मा पानी खन्याउनु जस्तो हो।त्यसैले हामी सोनार युवाको ध्यान बिरगंज घन्टाघरको मर्मत सम्भार गर्न निम्न कुरा हुनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा घन्टाघरको प्रबेशद्वारलाई रंग रोगन गर्न , घन्टाघर भित्र रहेको सानो पोखरीमा रहेको फाउनटेन मर्मत गर्न, घन्टाघरको भित्र चारैतिरबाट रुख रोप्ने , घन्टाघरको घडी मर्मत गर्न , गाडको व्यवस्था गर्न ,बिग्रिएको अवस्थामा रहेको बलहएउ मर्मत गर्न र घन्टाघरना रहेको रेडियो सन्चालनमा ल्याउन मेयर सरावगीलाई ध्यानाकर्षण गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close